सिद्धार्थ बैंक र डा. बि एल कपुर मेमोरिएल हस्पिटलबीच सम्झौता

होमल्याण्ड खबर

२०७५ फाल्गुन ३० गते, बिहीबार १२:११ मा प्रकाशित

सिद्धार्थ बैंक लिमिटेड र दिल्ली स्थित डा। बि एल कपुर मेमोरिएल हस्पिटलकाबीच सम्झौता भएको छ ।

बैंकका सम्पूर्ण डेविट, क्रेडिट र मेडिकल कार्डवाहक ग्राहकवर्गहरुले यस हस्पिटलमा स्वास्थ्य सेवा लिंदा ५०% सम्मको छुट प्राप्त गर्न सक्ने सम्बन्धी सम्झौता भएको बैंकले जनाएको छ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महा प्रबन्धक सुरेश राज महर्जन र डा. बि एल कपुर मेमोरिएल हस्पिटलका तर्फबाट ग्रुप सेल्स प्रमुखसुनिल कपुरले हस्ताक्षर गरेका छन् ।

यस अन्तर्गत बैंकका कर्मचारी तथा ग्राहकहरुले डेविट कार्ड, प्रिपेड कार्ड र क्रेडिट कार्डमार्फत सो हस्पिटलमा भुक्तानी गर्दा विशेष छुट उपभोग गर्न सक्नेछन् ।