सल्यानको श्रीनगरमाग्लोबल आइएमई बैंकको नयाँ शाखा विस्तार

होमल्याण्ड खबर

२०७५ चैत्र ११ गते, सोमबार ००:०० मा प्रकाशित

ग्लोबल आइएमई बैंक लिमिटेडले सल्यान जिल्लाको श्रीनगर स्थित आफ्नो शाखा कार्यालय विस्तार गरेको छ ।

शाखाको उद्घाटन गर्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले श्रीनगर तथा वरपरको क्षेत्रको आर्थिक विकास तथा गतिविधी र बैंकिङ सेवाको पहुँचको लागि बैंकले यस क्षेत्रमा शाखा विस्तार गरेकोमा खुसी व्यक्त गरे ।

उनले श्रीनगर क्षेत्रको आर्थिक विकासमा ग्लोबल आईएमई बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे ।