लगानी सम्मेलनमा बंगलादेशबाट निजी क्षेत्र सहभागी हुने

होमल्याण्ड खबर

२०७५ चैत्र १२ गते, मंगलवार १५:३५ मा प्रकाशित

नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बङगलादेशबाट निजी क्षेत्रको सहभागीता हुने भएको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनलाई नेपालकालागि बङगलादेशी राजदूत मस्फी विन्ते साम्सले भेट गर्दै लगानी सम्मेलनमा बङगलादेशको सहभागिता हुने बताएका हुन् ।
सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका साथै आपसी सहयोगका विषयमा पनि छलफल भएको थियोे । भेटमा बङगलादेशी राजदूत विन्तेले नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बङगलादेशबाट निजी क्षेत्रको सहभागीता रहने जानकारी समेत दिए । राजदूत विन्तेले उर्जा क्षेत्रमा लगानीका लागी बङगलादेश सरकार ईच्छुक रहेको बताए ।
द्विपक्षीय भेटमा नेपाल र बङगलादेशबीच उर्जा ब्यापार सम्बन्धी भएका समझदारीको आधारमा तय भएका बिभिन्न कार्यक्रमहरुका बारेमा समिक्षा भएको उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पुनका संचार सल्लाहकार रोशन खड्काले जानकारी दिए । भेटमा मन्त्री पुनले बङगलादेशमा केही समय अघि मात्र नयाँ सरकार बनेको भन्दै नयाँ सरकारसंग उर्जा क्षेत्रमा सहकार्य गर्न नेपाल ईच्छुक रहेको बताएका थिए ।