९ मंसिर २०८१, आईतवार
एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न नेपाल नेशनल हस्पिटलसँग साझेदारी गरेको छ । गुणस्तरीय सेवामा समर्पित कलंकीस्थित नेपाल नेशनल हस्पिटल बहुविशेषता भएको हस्पिटल हो । नेपाल नेशनल हस्पिटलमा एक सयको संख्यामा बेडहरु छन् ।
एभरेष्ट बैंक र नेपाल नेशनल हस्पिटलबीचको एमओयू अनुसार ग्राहकहरुले विभिन्न सेवा शुल्कमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने छन् । ग्राहकहरुले एभरेष्ट बैंकको एटीएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्नेछन् । ‘सर्भिस विथ स्माईल’ नारासहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्यनजर गर्दै आएको छ ।
एभरेष्ट बैंकको ग्राहकको संख्या १० लाख भन्दा बढी छ जुन बैंकिङ क्षेत्रमा नै सबैभन्दा उच्च हो । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ ।
एभरेष्ट बैंकले हाल आफ्ना ९२ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११६ एटीएम तथा बृहत बाह्य सन्जालमार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।