त्रिशुलीको आईपीओ बाँडफाँड, प्रधानमन्त्री ओली दम्पतीलाई २०-२० कित्ता सेयर

होमल्याण्ड खबर

२०७५ चैत्र १४ गते, बिहीबार १५:५२ मा प्रकाशित

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रि-बी जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली दम्पतीलाई २०–२० कित्ता शेयर परेको छ ।

बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित शेयर बाँडफाँड कार्यक्रममा गराइएको जानकारीमा प्रधानमन्त्री र उनकी पत्नी राधिका शाक्यलाई २०–२० कित्ता नै शयेर परेको हो ।

यस्तै ऊर्जामन्त्री वर्षमान पुनलाई २०, पूर्वसभामुख ओनसरी घर्तीलाई २० र ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई समेत २० कित्ता शेयर परेको छ ।

यस कम्पनीको आईपिओमा प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता तथा ऊर्जामन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्तीले एक हजार कित्ता शेयरको लागि आवेदन दिएका थिए।

त्रिशूली जलविद्युत् कम्पनीले ३७ लाख पाँच हजार कित्ता शेयर यही चैत ७ देखि ११ गतेसम्म बिक्री गरेको थियो ।