९ मंसिर २०८१, आईतवार
एनआईसी एशिया बैंकले महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकको मुलुकभर फैलिएको २ सय ८१ वटै शाखाबाट सहज रुपमा महालक्ष्मी लाइफका जीवन बीमा पोलिसि खरिद गर्न सकिनेछ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीका कार्यकारी प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।