१३ मंसिर २०८१, बिहीबार
नेपाल-भारत फ्रन्चाइज लगानी एक्स्पो काठमाडौंमा हुने भएको छ । राजधानीको होटल याक एण्ड यतिमा जेठ १ र २ गते एक्पो हुने भएको हो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्योगका ब्राण्डहरुले प्रर्दशन गर्ने मेलामा उच्च व्यवसायिक व्यक्तिहरुको सहभागिता हुनेछ ।
एक्स्पोमा नेपालमा काम गर्न चाहाने मल्टिनेश्नल कम्पनीहरुले लगानी गर्ने अवसर प्राप्त गर्नेछन् । कार्यक्रमबारे जानकारी दिदैं नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणाले नेपालमा जोइन्ट भेन्चरको रुपमा काम गर्न चाहने व्यक्तिहरुका लागि अवसर प्राप्त गर्ने बताइन् । कार्यक्रममा २५० जना व्यवसायी, रिटेल, शिक्षा, फुड, बिभरेज, रियल एस्टेट, टेक्नोलोजी लगायतका १ हजार फ्रेन्चाइजका व्यवसायीहरु सहभागी हुनेछन् ।