टुकुचाका तरकारी व्यवसायी आन्दोलनमा

होमल्याण्ड खबर

२०७५ चैत्र २४ गते, आईतवार १५:१२ मा प्रकाशित

काठमाडौंको टुकुचास्थित इच्छुमती तरकारी बजारका व्यवसायीहरुले संचालकविरुद्ध आन्दोलन सुरु गरेका छन्।

इच्छुमती तरकारी बजार व्यवसायी हक हित संघर्ष समितिले ५० प्रतिशतभन्दा बढी भाडा वृद्धि गरेको भन्दै हरित कृषि सहकारी संस्थाविरुद्ध आन्दोलन सुरु गरेका छन् ।

हरित कृषि सहकारी संस्थाले उक्त तरकारी बजार संचालन गरेको छ ।

तरकारी व्यवसायीहरुले जथाभावी भाडा बढाउने तर त्यसको हिसाब किताब राम्रोसँग नराख्ने गरेको र ५० प्रतिशतभन्दा बढी भाडा वृद्धि गरेकोले त्यसको विरोधमा आन्दोलन सुरु गरेको बताएका छन् ।

तरकारी बजारको सञ्चालक संस्था हरित कृषि सहकारी संस्थालाई आर्थिक हिसाबकिताब पारदर्शी बनाउन र व्यवसायीहरुलाई त्रासमा राखेर जथाभावी स्टल भाडा नलिन पनि सचेत गराएको संघर्ष समितिका अध्यक्ष कुमार तिमिल्सिनाले बताएका छन् ।