८ बैशाख २०८२, सोमबार
सिद्घार्थ बैंकले तनहुँको दुलेगौँडा र कास्कीको लेखनाथस्थित दुई शाखाहरुको औपचारिक उद्घाटन गरेको छ ।
बैंकको दुलेगौँडा शाखाको उद्घाटन गण्डकी प्रदेशका सांसद आशा कोइराला र लेखनाथ शाखाको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गरेका छन् ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखाहरु सहित बैंकले देशभर १४९ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६० एटीएम र १,२०० भन्दा बढी पीओएस मेसिन मार्फत् बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।