२७ फाल्गुन २०८२, बुधबार
आज सुनचाँदीको मूल्य घटेको छ । बजारमा मंगलबारको तुलनामा बुधबार सुन २ सय र चाँदी १० रुपैयाँले घटेको हो ।
बजारमा आज छापावाला सुन प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।