युनाईटेड प्लाष्टिकमा आगलागी, २ करोडको क्षति, ७ घण्टापछि आगो नियन्त्रणमा

होमल्याण्ड खबर

२०७४ फाल्गुन २ गते, बुधबार ११:५२ मा प्रकाशित

बुटवल संग मपथमा रहेको युनाइटेड प्लाष्टिक इन्डस्ट्रीजको सुभ गौतम ईन्टरप्राईजेजमा लागेको आगो बुधबार बिहानपख मात्र नियन्त्रणमा आएको छ । मंगलबार राति ८ बजेतिर लाग्न शुरु गरेको आगो बिभिन्न ५ स्थानबाट आएका बारुणयन्त्रले बिहानपखमात्र नियन्त्रणमा लिएका हुन् । बुटवल उपमहानगरपालिकाको एकमात्र दमकलले आगो निभाउन नसकेपछि सिद्धार्थनगर, रामग्राम, कपिलबस्तु र बाणगंगा नगरपालिकाबाट आएका दमकलले आगो निभाएका हुन् ।

उपमहानगरमा २ बटा दमकल भएपनि एउटा बिग्रिएको अबस्थामा रहेकाले आगो समयमै नियन्त्रणमा आउन नसकेको हो ।  आगलागीबाट २ करोडको क्षती भएको संचालक जिवन गौतमले जानकारी दिए ।  आगो कसरि लाग्यो भन्ने अझै खुलेको छैन । पसल संचालनमा रहेको सो घरमा साझको समयमा मान्छे नबस्ने भएकाले पनि आगो फैलिईसकेपछि मात्र थाहा भएको थियो ।

यसैबिच बुटवल उपमहानगरपालिकाका मेयर शिव सुवेदीले बिहान घटनास्थलको अवलोकन गरेका छन् । घटनाप्रति दुःख ब्यक्त गर्दै मेयर सुवेदीले आगलगिबाट भएको क्षतीको बारेमा पनि जानकारी लिए । सुवेदीले सो ईन्टरप्राईजेजका संचालक जिवन गौतमलाई भेटि क्षतीपुर्ती र बिमा रकम उपलब्ध गराउन आफुले सहयोग गर्ने आश्वासन दिए