चिनियाँ स्मार्टफोनका निर्माताले आफ्नो १ खर्ब बोनस परोपकारी काममा दान गर्ने

होमल्याण्ड खबर

२०७५ चैत्र २९ गते, शुक्रबार १२:५५ मा प्रकाशित

एजेन्सीः चिनियाँ स्मार्टफोन निर्माता शाओमीका संस्थापक र सीईओलाई एक वर्षमा झन्डै १ अर्ब डलर अर्थात् १ खर्ब रुपैयाँको बोनस दिइएको छ । उनले यो सबै पैसा आफुले नराखिकन परोपकारी कामका लागि खर्च गर्ने भएका छन् ।
शाओमीले बुधबार नियामक फाइलिङमा लि जुनले कम्पनीमा उनको योगदानका लागि ६३ करोड ६६ लाख सेयर बोनसको रुपमा पापउने उल्लेख गरेको छ । यो कम्पनीको सेयर हङकङमा कारोबार भइरहेको छ ।
सेयरको हालको मूल्यको आधारमा यो ७.५४ अर्ब हङकङ डलर अर्थात ९६ करोड १० लाख अमेरिकी डलर हुन आउछ ।शाओमीले सामसङ, एप्पल र चिनियाँ प्रतिद्वन्द्वीहरु हुवावे, ओपो र भिभोबाट पनि चर्को प्रतिस्पर्धाको सामना गरिरहेको छ ।
कम्पनीको सेयर चीनमा स्मार्टफोनको मागमा सुस्तता आउने चिन्ताबीच ओरालो लागेको छ । शाओमीको सेयर मूल्यमा कमी आएपनि उनीसँग अझै ११ अर्ब डलरको सम्पत्ति रहेको फोब्र्स र ब्लूमबर्गले जनाएको छ ।