औषधि व्यवसायी संघमा मृगेन्द्रमेहर श्रेष्ठ विजयी

होमल्याण्ड खबर

२०७६ बैशाख ८ गते, आईतवार १६:३६ मा प्रकाशित

पोखरामा शनिबार भएको १३ औं राष्ट्रिय अधिवेशनबाट नेपाल औषधि व्यवसायी संघको अध्यक्षमा पुनः मृगेन्द्रमेहर श्रेष्ठ विजयी भएका छन् ।

औषधि व्यवसायी महासंघ प्रादेशिक संरचनामा गएपछि पहिलोपटक भएको राष्ट्रिय अधिवेशनबाट अध्यक्षका प्रतिस्पर्धी लोकहरि श्रेष्ठलाई हराउँदै मृगेन्द्रमेहर श्रेष्ठ दोस्रो कार्यकालका निर्वाचित भएका हुन् ।

नेपाल औषधि व्यवसायी संघको वरिष्ठ उपाध्यक्षमा प्रकाशकुमार खण्डेवाल, उपाध्यक्षहरुमा आयाततर्फ निरञ्जन रिसाल, थोकतर्फ सुनिल श्रेष्ठ र खुद्रातर्फ रामप्रसाद खरेल, महासचिव रामचन्द्र शर्मा, कोषाध्यक्ष सम्राटमान जोशी, सचिव यामनाथ पौडेल, उपकोषाध्यक्षमा श्रीधर खनाल निर्वाचित भएका छन् ।

साथै सदस्यहरुमा आयाततर्फ श्रृजनकुमार भट्टराई, थोकतर्फ गयाप्रसाद कुश्मी र परमानन्द रावत, खुद्रातर्फ टंकप्रसाद अधिकारी र ललितानन्द जोशी, महिला सदस्यमा शर्मिला शाक्य र खुला सदस्यहरुमा कृष्ण रोकाय, प्रकाशकुमार श्रेष्ठ, कविराज कँडेल र मुकुन्दकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।