प्रभु बैंकको अनलाइन खाता सेवा सञ्चालन

होमल्याण्ड खबर

२०७६ बैशाख ११ गते, बुधबार १२:२३ मा प्रकाशित

प्रभु बैंकले ग्राहकहरुको सुविधालाई मध्येनजर गर्दै अत्याधुनिक प्रविधिसहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने क्रममा अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको उपयोग गर्दै आफ्नो घर, कार्यालय तथा आफु रहेको जुनसुकै स्थानबाट सरल र सहज रुपमा प्रभु बैंकमा अनलाइन खाता खोल्न सक्ने व्यवस्था मिलाइएको छ । 

बैंकले सञ्चालनमा ल्याएको अनलाइन खाता सम्बन्धी सेवाबाट प्रभु बैंकमा खाता खोल्न चाहने ग्राहकहरुले प्रभु बैंकको शाखा कार्यालयसम्म नपुगिकनै आफु रहेको स्थानबाट अनलाइन खाता खोल्ने आवेदन गर्न, अनलाइन खाता खोल्नका लागि आवश्यक पर्ने कागजात तथा विवरणहरु सजिलै अपलोड गर्न सकिने व्यवस्था रहेको छ ।