९ मंसिर २०८१, आईतवार
सिद्धार्थ बैंकले चैतमा गएको विनाशकारी हावाहुरीबाट प्रभावित बारा र पर्साका हावाहुरी पीडितका लागि सहयोग स्वरुप विभिन्न सामग्री प्रदान गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बारा जिल्लाको स्वर्न गाउँपालिका-४ स्थित हर्दिया क्षेत्रका प्रभावित स्थानीयलाई बैंकले बेडसिट, म्याट्रेस तथा सोलारद्वारा चार्ज गर्न मिल्ने टर्चलाइट जस्ता आवश्यक सामग्रीहरु वितरण गरको छ ।
उक्त सामान जिल्ला समन्वय समितिका अध्यक्ष नवलकिशोर प्रसाद सिंह तथा सिद्धार्थ बैंकका प्रदेश नं २ का प्रमुख प्रविन ढुङ्गेलद्वारा संयुक्त रुपमा वितरण गरिएको हो । सबैक्षेत्र र वर्गसम्म बैंकिङसेवाको पहुँ पुर्याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखाहरुसहित बैंकले देशभर १४९ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।