१३ मंसिर २०८१, बिहीबार
वित्तीय संकटका कारण अस्थायी रुपमा बन्द भएको भारतीय एयरलाइन्स कम्पनी जेट एयरवेजका एक वरिष्ठ कर्मचारीले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार ५३ वर्षीय शेलेषकुमार सिंहले आत्महत्या गरेका हुन् । उनी गएको ती वर्षदेखि पेटको क्यान्सरबाट पीडित रहेका थिए ।
पछिल्ला चार महिनामा उनको हालत खराब हुँदै गएको थियो । प्रहरीका अनुसार सिंहलाई यो वर्षको मार्चबाट तलब प्राप्त भएको थिएन । उनी अस्पतालमा भर्ना भएका थिए । गएको शुक्रबार उनलाई अस्पतालबाट घर लगिएको थियो । सोहीदिन उनले घरको चौथो तलाबाट हामफालेर आत्महत्या गरेका हुन् ।
शैलेसका जेठा छोरा
पनि जेट एयरमा
नै काम गर्थे
। उनले पनि
तलब पाएका थिएनन्
। जेट एयरका
थुप्रै कर्मचारी तलब नपाएर
अहिले तनावमा रहेको
बताइएको छ ।
जेट एयरमा समश्या
आएपछि कर्मचारीले आत्महत्या
गरेको यो पहिलो
घटना भएको बीबीसीले
जनाएको छ ।