सुनको मूल्य आज फेरी बढ्यो

होमल्याण्ड खबर

२०७६ बैशाख १६ गते, सोमबार ११:१५ मा प्रकाशित

आज सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य स्थिर छ । बजारमा आइतबारको तुलनामा सुनको मूल्य सोमबार १ सयले बढेको हो ।

बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

चाँदी भने आज पनि स्थिर रहँदै प्रतितोला ७ सय ३० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।