सिद्धार्थ बैंकका ४ नयाँ शाखा संचालन

होमल्याण्ड खबर

२०७६ बैशाख १७ गते, मंगलवार १५:५४ मा प्रकाशित

सिद्धार्थ बैंकले ४ नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले मोरङको कञ्चनबारी, रूपन्देहीको अमरपथ, झापाको राजमार्ग चोक र काठमाडौंको कपनमा गरेर ४ नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको बताएको छ ।