एन आई सी एशिया बैंक र ह्याम्स अस्पतालबीच सम्झौता

होमल्याण्ड खबर

२०७६ बैशाख २० गते, शुक्रबार ११:०० मा प्रकाशित

एन आई सी एशिया बैंक लिमिटेड र ह्याम्स अस्पताल, धुम्बाराहीबीच  सम्झौता भएको छ । बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई ह्याम्स अस्पतालमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र अस्पतालको तर्फबाट ह्याम्स हस्पिटलका अध्यक्ष आर एस भण्डारीले हस्ताक्षर गरेका छन् ।