९ मंसिर २०८१, आईतवार
एभरेष्ट बैंकले ग्राहकहरुलाई छुट र विशेष प्याकेजको सुविधा प्रदान गर्न धुलिखेल माउन्टेन रिसोर्टसँग साझेदारी गरेको छ । बैंक र रिसोर्टबीच हस्ताक्षर भएको समझदारीपत्रमा ग्राहकहरुले आवास, स्पा र सेवा तथा रेस्टुरेन्ट र बार सेवामा १० प्रतिशत छुट पाउनेछन् ।
सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटीएम कार्ड वा क्रेडिट कार्ड देखाएर छुट प्राप्त गर्न सक्नेछन् ।