९ मंसिर २०८१, आईतवार
गण्डकी विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड बीच बिमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौता अनुसार गण्डकी विकास बैंक लिमिटेडले देश भर रहेका आफ्ना ७७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बिीमा योजनाहरु बिक्री गर्नेछ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बिमा योजना, डबल साबधिक बिमा योजना र लगानी फिर्ता बिमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरी पूर्व मेची देखि पश्चिम महाकाली सम्म २२ वटा शाखाहरूबाट कारोबार प्रारम्भ गरिसकेको छ।
सम्झौतामा गण्डकी विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।