९ मंसिर २०८१, आईतवार
नेपाल इन्भेष्टमेण्ट बैंकले सुनसरीको देवानगन्ज गाउँपालिकामा ८० औं शाखा विस्तार गरेको छ । यो शाखाले स्थानीय ५० हजार जनतालाई वित्तिय सुविधा प्रदान गर्नेछ । बैंक परिसरभित्रै केही समयमा एटिएम सेवा सञ्चालन गर्ने बताइएको छ ।
देवानगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुनितादेवी यादवले शाखाको उद्घाटन गरिन् । उद्घाटनमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलगायत बैंकका कर्मचारी तथा स्थानीयको सहभागिता रहेको थियो । बैंकले वित्तिय साक्षरता अभिवृद्धिका लागि ग्रामिण क्षेत्रमा शाखा विस्तार अभियानलाई निरन्तरता दिने क्रममा प्रदेश नं. १ मा शाखा थप गरेको हो ।