१३ मंसिर २०८१, बिहीबार
भक्तपुरमा आर्थिक विकासका लागि राष्ट्रिय सम्मेलन हुने भएको छ ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ख्वप कलेज भक्तपुरले आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दुई दिने राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको हो।
आगामी जेठ ३१ शुक्रबार र ३२ गते शनिबार भक्तपुरमा हुने उक्त सम्मेलन समग्र मुलुकको आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ पहिलो पटक कार्यक्रम गर्न लागेको आयोजकले बताएको छ ।
सम्मेलनमा संस्थागत, व्यक्तिगत र विद्यार्थी गरी तीन वर्गबाट विविभन्न विषयमा प्रस्तुति हुनेछ।
एकाउन्टेन्सी, फाइनान्स, मार्केटिंग, फाइनान्सियल मार्केट, लेबर रिलेसन, इन्टरनेसनल ट्रेड, इकोनोमिक ग्रोथ एन्ड डेभलपमेन्ट, ह्युमन रिसोर्स म्यानेजमेन्ट, प्रोडक्सन एन्ड अपरेसन म्यानेजमेन्ट, इन्टरप्रियनर्स डेभलपमेन्ट, बैंकिङ एन्ड इन्सुरेन्स तथा अन्य म्यानेजमेन्टसँग सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्न सकिने जनाइएको छ।
त्यसका लागि विभिन्न विज्ञलाई आह्वान गरिसकेको कलेजले जनाएको छ।
सम्मेलनमा देशभरबाट एक सयदेखि एक सय ५० जनाको सहभागिता रहने कलेजको अपेक्षा छ। २०५८ मा स्थापित कलेजले स्थापनाको २० वर्षको उपलक्ष्यमा २०७८ मा अन्तर्राष्टिय सम्मेलन गर्ने योजना रहेको जनाएको छ।