१३ मंसिर २०८१, बिहीबार
नेपाल यातायात व्यवसायी राष्ट्रिय
महासङ्घले पाँच दिनभित्र
आफ्ना समितिलाई कम्पनीमा
दर्ता गरिसक्न आग्रह
गरेको छ । महासङ्घ र सरकारबीच
भएको सहमतिअनुसार संस्था
दर्ता ऐन २०३४
अन्तर्गत दर्ता भई यातायात
सेवा सञ्चालन गर्दै
आएका महासङ्घका सदस्यलाई
पाँच दिनभित्र कम्पनी
दर्ता गरिसक्न महासङ्घले
आग्रह गरेको हो
।
महासङ्घले आज सूचना
प्रकाशित गरी कम्पनी
दर्ता ऐन २०६३
को दफा ९
को उपदफा १
थप गरिएको १
(क) अनुसार कम्पनी
दर्ता गर्न महासङ्घमा
आवद्ध यातायात व्यवसायीलाई
शेयर सदस्य बनाई
यातायात व्यवस्था कार्यालयमा पेश
गरी सिफारिश लिई
कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता
गर्नुपर्ने बताएको छ ।
महासङ्घका महासचिव सरोज सिटौलाले
सरकार र महासङ्घबीच
भएको सहमतिअनुसार सबै
यातायात समितिलाई कम्पनीमा दर्ता
हुनुपर्ने बताए ।
“पाँच दिनभित्र कम्पनीमा
दर्ता नहुने यातायात
समितिको जिम्मा महासङ्घले लिँदैन,”
उनले भने ।
देशभर चल्ने सार्वजनिक
सवारीसाधन यातायात समिति र
केही सवारीसाधन कम्पनीमा
दर्ता भएर सञ्चालित
छन् ।
रासस