एनआईसी एशिया र एभरेष्ट अस्पतालबीच सम्झौता

होमल्याण्ड खबर

२०७६ जेष्ठ ७ गते, मंगलवार १२:१५ मा प्रकाशित

एनआईसी एशिया बैंक र एभरेष्ट अस्पताल काठमाडौंबीच बैंकका कर्मचारी, बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकलाई एभरेष्ट अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा , सुविधामा ५ देखी १० प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।  

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र अस्पतालको तर्फबाट अस्पतालका प्रशासन प्रमुख दिपक बरालबीच हस्ताक्षर भएको हो ।