२७ फाल्गुन २०८२, बुधबार
आज सुनचाँदीको मूल्य बढेको छ । बजारमा बिहीबारको तुलनामा शुक्रबार सुन ५ सय र चाँदी १० रुपैयाँले बढेको हो ।
बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यसैगरी, चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।