आइएमई लाइफ र गरिमा विकास बैंकबीच सम्झौता

होमल्याण्ड खबर

२०७६ जेष्ठ २१ गते, मंगलवार १६:०८ मा प्रकाशित

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र गरिमा विकास बैंकबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार सर्वसाधारण तथा बैंकका ग्राहकले कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफको जीवनबीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरे ।