१३ मंसिर २०८१, बिहीबार
नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ घटाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको जनाउँदै निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटाएको हो । अब पेट्रोल १ लिटरको ११० रुपैयाँ पर्नेछ ।
अन्तर्राष्ट्रिय बजारमा कायम रहेको पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुरुप समायोजन गरिएको निगमले जनाएको छ ।
निगमले डिजेल/मट्टितेल, हवाई इन्धन, खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।