१३ मंसिर २०८१, बिहीबार
दुगड ब्रदर्स एण्ड सन्स प्रालिले अप्रिलियाको उच्चस्तरीय इटालियन रेसिङ टेक्नोलोजी भएको ‘अप्रिलिया स्ट्रोम’ स्कूटर नेपाली बजारमा सार्वजनिक गरेको छ । बिहीबार पुल्चोक स्थित लबिन मलमा एक समारोहका बीच दुगड ब्रदर्स एण्ड सन्स प्रालिका अध्यक्ष मोतिलाल दुगडले उक्त स्कुटर सार्वजनिक गरेका हुन् । उक्त अवसरमा उनले भने-‘यसले नेपाली ग्राहकहरुको मन जित्न सफल हुनेछ ।’
सोही कार्यक्रममा दुगड ब्रदर्स एण्ड सन्स प्रालिका उपाध्यक्ष विवेक दुगडले नेपाली बजारका लागि अप्रिलिया स्ट्रोमको विशेष मूल्य असार मसान्तसम्मको लागि २ लाख २४ हजार ९ सय कायम गरिएको जानकारी दिए । उनले भने-‘अप्रिलियको प्रिमियम प्रोडक्ट विशेष मूल्यमा नेपाली ग्राहकलाई उपलब्ध गराउन सकेकोमा खुशी छौँ ।’
त्यसैगरी कम्पनीका हेड अफ अपरेशन(भेस्पा/अप्रिलिया) विजय महतोले कम्पनीको बजार बिस्तारका बारेमा जानकारी गराए । हाल २२ वटा विभिन्न शाखा तथा डिलर मार्फत बिक्री वितरण गरिरहेको र आगामी ६ महिनामै थप १० वटा नयाँ सहरहरुमा शाखा तथा डिलरहरुको बिस्तार गर्ने बताए ।
यस्ता छन् विशेषता
स्कुटर रेसरहरुको लागि डिजाइन
गरिएको अप्रिलिया स्ट्रोम स्कुटर
आरामदायी रहेको निर्माण कम्पनीले
जनाएको छ ।
यसमा १२५ सीसीको
आधुनिक प्रबिधिको प्रि भल्व
इञ्जिन जडान गरिएको
छ ।
अप्रिलिया स्ट्रोम म्याट रातो र पहेँलो आकर्षक ग्राफिकमा उपलब्ध गरेको दुगड ब्रदर्स एण्ड सन्स प्रालिले जनाएको छ । १२ इञ्चको फराकिलो स्पोर्टस अलोय ह्वील भएको टायरसँगै आउने र अप्रिलिया स्ट्रोम रोड र अफ रोड दुबै बाटोका लागि उपयुक्त रहेको तथा राइड अरु भन्दा सुरक्षित र आरामदायी हुने कम्पनीले जनाएको छ ।