१० मंसिर २०८१, सोमबार
सिद्धार्थ बैंकले दोलखाको चरिकोट र रामेछापको गोकुलगंगामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले चरिकोटमा एउटा शाखारहित बैंकिङ्ग सेवा पनि सुरु गरेको छ ।
बैंकको चरिकोट शाखाको उद्घाटन भिमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी, शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बैंकका प्रवद्र्धक सेयरधनी आत्मकृष्ण श्रेष्ठ र गोकुलगंगा शाखाको उद्घाटन गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले गरे ।