सिभिल बैंकको सिराहाको गोलबजारमा शाखा विस्तार

होमल्याण्ड खबर

२०७६ जेष्ठ २८ गते, मंगलवार १६:२० मा प्रकाशित

सिभिल बैंकले सिराहा जिल्लाको गोलबजारमा ७७ औँ शाखा सञ्‍चालनमा ल्याएको छ । शाखाको उद्घाटन मंगलबार एक कार्यक्रमकाबीच गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले गरे । 

उद्घाटन समारोहमा प्रमुख अतिथि तथा गोलबजार नगरपालिकाका मेयर देवनाथ साह, पत्रकार महासंघका सभापति राम बाबु यादव, प्रहरी निरीक्षक नविन घिमिरे तथा सिभिल बैंक प्रदेश नं २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ लगायत राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायीको उपस्थिति रहेको थियो । 

मेयर देवनाथ साहले गोलबजारको बढ्दो आर्थिक गतिविधिसँगै सिभिल बैंकले पनि आफ्नो शाखा विस्तार गरेकोमा खुसी व्यक्त गरे । सिभिल बैंकका प्रदेश नं २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए ।

बैंकले बचत परिचालनका योजना ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिँदै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै पहुँच विस्तारको साथै व्यवसाय अभिवृद्वि गर्दै श्रेष्ठको भनाइ थियो ।