माइक्रोम्याक्सले ल्यायो नया २ फोन

होमल्याण्ड खबर

२०७४ चैत्र ५ गते, सोमबार ०६:३७ मा प्रकाशित

माइक्रोम्याक्सले एक्स ४०९ बारफोन र क्यु ३५३ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । माइक्रोम्याक्सको यो एक्स ४०९ मोडलमा १.८ इन्चको स्कृन जडान गरिएको छ भने, फ्रन्ट र रियर क्यामेरा जडान भएको छ ।
यो फोनमा २ वटा सिमकार्डको प्रयोग गर्न सकिन्छ । उक्त फोनमा ८०० एमएचको ब्याट्री प्रयोग गरिएको छ । यसको अलावा एफएम रेडियो, भ्वाइसकल रेकर्डिङ, म्युजिक प्लेयर र भिडियो प्लेयर जडान भएको छ । यस फोनको बजार मूल्य जम्मा १०२५ रुपैयाँ रहेको छ ।
कम्पनीले यो फोनमा १०० दिनसम्म फिर्तागर्न सक्ने ‘रिप्लेसमेन्ट वारेन्टि’ जारी गरेको छ । कम्पनीले बजारमा ल्याएको बजेट स्मार्ट फोनमा क्यु ३५३ हो, यस फोनमा १.३ गिगाहर्ज क्वाड कोर प्रोसेसर र १ जिबी ्याम रहेको छ । ५ इन्चको ७२०ह१२८० पिक्सल रिजोलुसन रहेको एचडी डिस्प्ले जडान भएको छ ।
यो फोनमा २००० एमएचको ब्याट्री प्रयोग भएको छ । जसको प्रयोगले भिडियो हेर्न र गेम खेल्न सहज हुन्छ । यसमा रियर र फ्रन्ट दुबै क्यामेरा ५ मेगा पिक्सलको जडान भएको छ । यसमा ७.० नुगट अपरेटिङ सिस्टम जडान गरिएको छ । यो बजेट स्मार्टफोन बजारमा आएका अन्य बजेट स्मार्टफोनहरु भन्दा उत्कृष्ट फोनमा पर्छ ।