१ मंसिर २०८१, शनिबार
सरकारले गुठी विधेयक फिर्ता लिएपनि गुठी विधेयक प्रतिरोध संयुक्त कार्यक्रमले आज खबरदारी सभा गर्दैछ ।
खबरदारी सभा माइतीघर मण्डलामा बिहान ११ बजे हुने जनाइएको छ ।
कार्यक्रमका संयोजक डा. महेशमान श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबार माइतीघर मण्डलमा हुने भनिएको जनप्रदर्शन खबरदारी सभाकारूपमा रहने जनाएका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पत्रकार सम्मेलनमा गुठी आन्दोलनका विषयमा प्रयोग गरेको भाषा भने मर्यादित नभएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।
विधेयकमा त्रुटी रहेको सरकारले अझै प्रष्ट स्वीकार नगरेको भन्दै खबरदारी आवश्यक रहेको उनले बताएका छन् ।
चौतर्फी दबावपछि भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले मंगलबार विधेयक फिर्ता लिएको घोषणा गरेकी थिइन् ।