१ मंसिर २०८१, शनिबार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले रुकुमका लागि छुट्याइएको बजेटप्रति असन्तुष्टि जनाएका छन् ।
बुधबार बसेको संसद बैठकमा बोल्दै शर्माले बजेट विनियोजन गर्ने क्रममा मन्त्रालयले नेता र आफूमुखी गरेको यस्तो असन्तुष्टि जनाएका दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको जिल्लामा लैजानुस्र भन्दै भने, ‘भौतिक योजना मन्त्रालयका मन्त्री जीलाई आग्रह गर्न चाहन्छु यो रकमान्तर गरेर झापा हालियोस् । प्रधानमन्त्रीजीलाई सहयोग गर्न चाहन्छु । झापा मात्रै भन्यो भनेर मन्त्रीजीलाई दुःख लाग्छ भने थोरै जनकपुरमा पनि लगियोस् ।
मेरो शुभकामना छ, संघीयता भएपछि सन्तुलित विकास होला, पछि परेका क्षेत्रले प्राथमिकता पाउलान् भन्ने लागेको थियो । केन्द्रीकृत र नेतामुखी बजेट बनाइयो, दुःख लागेको छ ।’
बजेटमाथिको छलफल समय खेर फाल्ने मेलो भएको भन्दै शर्माले संघीयता आएपछि पिछडिएका क्षेत्रले पनि बजेट पाउने आशा गरे पनि त्यो हुन नसकेको बताए ।