१० मंसिर २०८१, सोमबार
नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान थप्ने भएको छ ।
सबैतिरबाट आक्रमणमा परेपछि निगमले अन्तर्राष्ट्रिय गन्तव्य बढाउँदै लैजान विभिन्न प्रयास थालेको हो ।
जसअनुसार दिल्लीका लागि निगमले यस अघि हप्तामा २१ उडान भर्ने योजना अघि सारेको थियो । हाल यस क्षेत्रमा १४ उडान भइरहेको छ ।
साताको १४ उडानमध्ये ७ उडान न्यारो बडीमार्फत र ७ उडान वाइड बडीमार्फत गरिएको तथा युनाइटेड अरब इमिरेट्सको दुबईमा प्रतिहप्ता ३ उडान गरिँदै आएकोमा एक थप गरी ४ वटा पुरयाइने पनि वायुसेवाले जनाएको छ ।
यसैगरी निगमले आन्तरिक उडान तर्फ पाइलटलाई तालिम दिन अप्रुभल ट्रेनिङ अर्गनाइजेसन सम्बन्धी संस्थागत कार्य अघि बढाइ नेपालमा नै तालिम दिने व्यवस्था पनि गरेको छ ।
निगमले वाई १२ ई उडान गर्न दुई जना वरिष्ठ पाइलटको असार मसान्तभित्रै तालिम सम्पन्न गरी वाई १२ ई जहाज सुचारु रूपमा सञ्चालन गर्नेतर्फ सक्रिय रहेको पनि बताएको छ ।
अन्तर्राष्ट्रिय कम्पनी बीसीटीले गरिरहेको विमान मर्मत सम्भार कार्य जुलाई महिनादेखि स्वयं नेवानिका इन्जिनियरहरूबाट गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।