१ मंसिर २०८१, शनिबार
प्रधानमन्त्री केपी शर्मा ओलीले ३७ अर्ब ऋणमा रहेको नेपाल वायुसेवा निगमलाई सरकारले ऋण तिरिदिएर ‘अब नउकास्ने’ बताएका छन् ।
निगमको ६१ औं वार्षिकोत्सव अवसरमा सोमबार राजधानीमा आयोजित समारोहमा पर्यटन मन्त्रालयको समेत जिम्मेबारी लिइरहेका प्रधानमन्त्री ओलीले आफ्नै पहलमा बनेको निगम नेतृत्वप्रति आक्रोस व्यक्त गरे ।
जहाज खरिद गर्दा जमानी बसेको सरकारले ऋण तिर्ने बेला आँखा चिम्लेर काँध नथाप्ने उल्लेख गर्दै ओलीले भने, ‘साग बेच्नेले ट्याक्स तिर्छ । किसानले रूखबारीको तिरो तिर्छ । त्यो पैसा उठाउँदै वायुसेवा निगमको ऋण तिर्नुपर्ने ? वायुसेवा भनेको दान, पुण्य र समाज सेवाको क्षेत्र होइन ।
व्यापार हो । निःशुल्क स्वास्थ्य शिविर राखेजस्तो नराख्नू । आफूलाई टिकाउन आम्दानी गर्नुपर्छ ।’ यो समाचार आजको कान्तिपुरले पृष्ठमा छापेको छ ।