भारतले एयर इण्डिया निजीकरण गर्ने

होमल्याण्ड खबर

२०७६ असार १८ गते, बुधबार १४:२५ मा प्रकाशित

भारत सरकारले एयर इण्डियालाई निजीकरण गर्ने जनाएको छ । केन्द्रीय नागरिक उड्डयन मन्त्री हरदीपसिंह पुरीले राज्यसभाको बैठकमा आज बोल्दै एयर इण्डिया चलाउन अब असम्भव रहेको जनाएका हुन् । प्रतिदिन १५ करोड रुपैया तिर्नुपर्ने अवस्था रहेको बताउँदै २० वटा बिमान कम भएको उनले जनाए । ।

यसैले अवस्था सुधार गर्नका लागि थप लगानी गर्नु जरुरी रहेको उनले जनाए । मुम्बई एयरपोर्ट बन्द भएको भन्ने एक प्रसंगमा उनले  एक रनवेमा ४५ उडान हुने गरेकोमा अब ३६ उडान हुने गरेको र केही समयमा त्यसबारेमा अनुसन्धन गरिने मन्त्रीले जनाएको भारतको टेलिभिजन च्यानल आज तकले जनाएको छ ।