२७ फाल्गुन २०८२, बुधबार
आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ । बजारमा बुधबारको तुलनामा बिहीबार चाँदी ५ रुपैयाँले घटेको हो ।
बजारमा आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६५ हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला पनि स्थिर रहँदै ६५ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
यसैगरी, चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।