१४ मंसिर २०८१, शुक्रबार
नेपालकै सबैभन्दा ठूलो सरकारी
स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको
उत्पादन ठप्प भएको
छ । विद्युत्
भोल्टेजमा देखिएको समस्याका कारण
उद्योग बन्द हुँदा
उत्पादन ठप्प भएको
हो ।
उत्पादन ठप्प हुँदा
उद्योगलाई दैनिक रु ७५
लाख क्षति भइरहेको
छ । विद्युत्को
भोल्टेजमा समस्या आएपछि हाइटेन्शन
पावरको मोटर सञ्चालनमा
हुन नसक्दा उद्योगको
उत्पादन बन्द हुन
पुगेको सो उद्योगले
जनाएको छ ।
विद्युत्को भोल्टेजमा आएको समस्याका
कारण मोटर सञ्चालन
बन्द हुन पुगेकाले
त्यसको मर्मत र विद्युत्
व्यवस्थापन नभएसम्म उद्योग बन्द
रहने उद्योगका निमित्त
महाप्रबन्धक नवलकिशोर साहले जानकारी
दिए ।
पटक–पटक विद्युत् भोल्टेजमा देखिएको समस्याले उद्योगलाई नै प्रभावित पारेको छ, भोल्टेजको समस्या कारण बिग्रिएको मोटर मर्मतका लागि बुटवलस्थित नेपाल इञ्जिनीयरिङ एण्ड हाइड्रो वर्कशपमा पठाइएको उनले बताए । दैनिक ८१० मेट्रिकटन सिमेन्ट उत्पादन गर्दै आएको सो उद्योगले डेढ वर्षअघि पनि विद्युत्भार कटौतीका कारण ठूलो घाटामा गएको थियो । रासस।