एनआईसी एशिया बैंकको एकैसाथ तीनवटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा

होमल्याण्ड खबर

२०७६ असार २४ गते, मंगलवार १५:१० मा प्रकाशित

एन आई सी एशिया बैंकले एकैसाथ तीनवटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । झापा जिल्लाको अर्जुनधारा नगरपालिका २, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ११ मोग्लाह र मोरङको सुनबर्षी नगरपालिका २ अमरदहमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । 

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् ।