शुक्रबार सुनको मूल्य ओरालो लाग्यो

होमल्याण्ड खबर

२०७६ असार २७ गते, शुक्रबार ११:३३ मा प्रकाशित

आज सुनको मूल्य ओरालो लागेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । बिहीबारको तुलनामा आज (शुक्रबार) सुनको मूल्य २ सय रुपयाले घटेको हो ।

बजारमा आज छापावाला सुन प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला ७ सय २५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।