२७ फाल्गुन २०८२, बुधबार
अविरल वर्षाका कारण देशका विभिन्न भागमा हालै आएको बाढी, पहिरो र डुबानमा परेकाहरूको उद्धारमा जुट्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले अनुरोध गरेका छन् । आइतबार विज्ञप्ती जारी गर्दै उनले बाढी, पहिरो र डुबानमा परी बेपत्ता भएकाहरुको तीव्र खोजी, उद्धार र राहतमा जुट्न सरकारलगायत सम्पूर्ण सरोकारवालालाई अनुरोध गरेका हुन्
“अविरल वर्षाका कारण देशका विभिन्न भागमा हालै आएको बाढी, पहिरो र डुबानबाट भएको मानवीय तथा भौतिक क्षतिले मलाई दुःखी बनाएको छ। दुःखको यस घडीमा बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउनुहुने प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।यसक्रममा घाइते हुनुभएका सबैमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवाजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। बाढी, पहिरो र डुबानमा परी वेपत्ता हुनु भएकाहरुको तिब्र खोजी, उद्दार र राहतमा जुट्न सरकारलगायत सम्पूर्ण सरोकारवालालाई अनुरोध गर्न चाहन्छु। साथै, वर्षायाममा प्राकृतिक विपत्ति जुनसुकै समयमा आउनसक्ने सम्भावनालाई मध्यनजर गर्दै आवश्यक तयारी गर्ने कुरामा सरकारको तर्फबाट कुनै कमी हुन नदिन तथा आम नेपाली दिदीबहिनी तथा दाजुभाइमा सावधानीपूर्वक बस्न आग्रह गर्दछु,” उनले विज्ञप्तीमा भनेका छन् ।

