सरकार दैवीप्रकोप–राहत रकम दुरुपयोग गर्दैछ : नेता महर

होमल्याण्ड खबर

२०७६ श्रावण ६ गते, सोमबार १३:५५ मा प्रकाशित

नेपाली काग्रेसका युवा नेता एवम् नेविसघं पूर्व अध्यक्ष नैनसिहं महरले सरकार जनताको समस्याप्रति संवेदनशील नभएको बताएका छन् । बिपी कोइराला पब्लीक पोलीसीको आयोजनामा साेमबार काठमाडौंमा  आयोजीत एक कार्यक्रममा उनले दर्जनौ नेपाली जनता बाढी पहिरोले मृत्यु हुनुका साथै हजारौं घरवार बिहिन हुँदा पनि प्रधानमन्त्री राहतकोषको रकम पिडितका लागि उपयोग नभएको बताएका हुन्।

दैवीप्रकोप र राहतको रकम दुरुपयोग गरी वर्तमान सरकार कार्यक्रता पोस्ने काममा लागेको उनकाे  आराेप छ । उनले वर्तमान कमन्युनिस्ट सरकार जनताको पक्षमा उदासीन रहेको बताउँदै दैवीप्रकोपको लागि छुट्टाइको सरकारी पैसा प्रधानमन्त्रीले आफ्ना पार्टीका नेता कार्यक्रतालाई योजनाका नाममा बाडेको बताए ।

उनले भने, ‘यो अत्यन्तै अमानविय र निन्दनिय कार्य हो, सरकारको यस्तो जनघाती कदमविरुद्ध युवाहरूको शसक्त प्रतिकार आवश्यक छ।’ उनले सरकार नसच्चिए अब युवाहरू चुप लागेर नबस्ने चेतावनी समेत दिए।