गुल्मीमा भएको विपतको राहत तथा उद्दारमा जुट्न कांग्रेस नेता भण्डारीको आग्रह

होमल्याण्ड खबर

२०७६ श्रावण ७ गते, मंगलवार १५:५८ मा प्रकाशित

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रकान्त भण्डारीले गुल्मीको सत्यवतीमा भएको घटनमा दुःख व्यक्त गर्दै राहत तथा उद्दारमा जुट्न सबैलाई आग्रह गरेका छन् ।

सोमबार राति परेका अविरल वर्षा र त्यसले सत्यवती गाउँपालिकाको वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ को लिम्घामा भएको मानविय क्षतिप्रति आफु स्तव्ध भएको भन्दै नेता भण्डारीले यस्तो आग्रह गरेका हुन् ।

उनले यस दुःखद् घटमा ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा बेपत्ताको खोजीमा तिब्रताका साथ लाग्न सम्पूर्णलाई आग्रह गरे । साथै उनले पहिरो प्रभावित तथा जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा राखेर राहतको कामलाई तिब्रता दिन समेत आग्रह गरे ।

वर्षासँगै आउको पहिरोका कारण लिम्घामा ८ जना र लुम्पेकमा ४ जनाले ज्यान गुमाइसकेका छन् भने २ जना घाइतेको उपचार तथा ६३ घर जोखिममा रहेको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए ।

अहिले उद्दारको कार्य चलिरहेको र जोखिममा रहेकाहरुलाई स्थानिय विद्यालयमा राखिएको उनको भनाई थियो । साथै उनले राहको काम अगाडी बढाउने प्रकृया सुरु गरिएको तर सडकहरु पूर्ण रुपमा बन्द रहेका कारण केही असहजता आएको बताए ।

अहिले घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना तथा स्थानियहरुको बाक्लो सहभागिता रहेको छ ।