२८ फाल्गुन २०८२, बिहीबार
आज सुनको मूल्य स्थिर रहेको छ । भने चाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा आज (बुधबार) चाँदीको मूल्य १० रुपयाँले बढेको हो ।
बजारमा आज छापावाला सुन स्थिर रहदै प्रतितोला ६५ हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन पनि स्थिर रहदै प्रतितोला ६४ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
यसैगरी, चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।