बाढीपहिरोपीडित जनतालाई सरकारले बेवास्ता गर्योः पूर्वप्रधानमन्त्री देउवा

होमल्याण्ड खबर

२०७६ श्रावण ८ गते, बुधबार १६:४७ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तराई–मधेसका बाढीपीडित र पहाडका पहिरो पिडितलाई राज्य पक्षले कुनै पनि सहयोग नगरेको बताएका छन् । संघीय संसदको प्रतिनिधिसभा बैठकमा बुधबार पेश भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सभापति देउवाले घरबारविहिनलाई बास, खाद्यान्न, लत्ताकपडा दिने पहिलो कर्तव्य सरकारको भएपनि बाढीपीडितले केही नपाएको बताएका छन् ।

सभापति देउवाले रेडक्रस र केहि एनजीओहरुले सहयोग गरेको बताउँदै बाढी पहिरोपीडितहरुलाई सरकारले बेवास्ता गरेको बताएका छन् । पूर्वप्रधानमन्त्री देउवाले हेलिकप्टरमा चढेर बाढी प्रभावित क्षेत्रको अवलोकन गरिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

उनले तराई मधेसमा वर्षेनी आउने बाढीको समस्या समाधानका लागि भारतसँग कूटनीतिक छलफल गर्नुपर्ने बताएका छन् । भारतले नेपाललाई दोष दिने, नेपालले भारतलाई दोष दिने काम हुँदै आएको बताउँदै एकले अर्कालाई दोष दिएर कति दिनसम्म पुग्छरु भन्ने प्रश्न गर्दै यसको निवारण गर्दै भारतसँग कूटनीतिक तवरमा कुरा गरेर स्थायी समाधान खोज्नुपर्ने उनको भनाई छ ।