बिहीबार सुनचाँदीको मूल्य स्थिर

होमल्याण्ड खबर

२०७६ श्रावण ९ गते, बिहीबार १०:४७ मा प्रकाशित

आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । बजारमा बुधबारसँगै आज (बिहीबार)को मूल्य पनि बराबर रहेको छ ।

बजारमा आज छापावाला सुन स्थिर रहदै प्रतितोला ६५ हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन पनि स्थिर रहदै प्रतितोला ६४ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

यसैगरी, चाँदी स्थिर रहदै प्रतितोला ७ सय ७५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।