गुल्मीमा पहिरोमा परेकाहरुका लागि राहत संकलन कार्यक्रम

होमल्याण्ड खबर

२०७६ श्रावण ९ गते, बिहीबार १५:०५ मा प्रकाशित

सोमबारदेखि परेको अबिरल वर्षाका कारण गुल्मीको सत्यवति गाउँपालिकामा पहिरोले ल्याएको विपतमा परेकाहरुलाई राहत सामाग्री तथा रकम उठाउँने कार्यक्रम भइरहेको छ ।

गाउँपालिका तथा विभिन्न ठाउँहरुबाट सहयोग तथा राहत आउने भएको छ । त्यस्तै सत्यवती गाउँपालिकाको खैरेनी बजारमा पनि आज राहात कार्यक्रम भएको छ ।

चेम्बर अफ कमर्स गुल्मी, खैरेनी युवा क्लव, खैरेनी बजार व्यवस्थापन समितिको संयुक्त रुपमा आज बिहानैदेखि राहत उठाउँने कार्यक्रम भइरहेको छ ।

सोहि कार्यक्रममार्फत आज बिहान १० बजे देखि अहिले सम्म ९१ हजार ९ सय ७० रुपयाँ रकम उठेको छ ।

साथै १ ट्याक्टर खाद्यन्न र लत्ता कपडा राहत संकलन भएको छ ।

अझैपनि राहत संकलन गर्ने कार्यक्रम जारी रहेको आयोजकले बताएको छ ।

अविरल वर्षाका कारण सत्यवति गाउँपालिकामा पहिरोले पुरिएर १२ जनाको मृत्यु भएको छ ।