अशोक लेलैण्ड र ज्योति विकास बैंकबीच सम्झौता

होमल्याण्ड खबर

२०७६ श्रावण १४ गते, मंगलवार १३:०० मा प्रकाशित

आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ज्योति विकास बैंकबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट डि.जि.एम. सुशिल कुमार शर्मा र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरे । 

सम्झौता अनुसार आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले ज्योति विकास बैंकबाट सहज रुपमा ७० प्रतिशत सम्मको कर्जा सुविधा पाउने भएका छन्  । ग्राहकले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् । यो सुविधाले आगामी दिनमा ग्राहकलाई कर्जा सुविधा प्राप्त गर्न सजिलो हुने दुबै कम्पनीका प्रमुखले बताएका छन् । कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबिच संयुक्त रुममा सहकार्य गर्दै अगाडी बढ्ने कुरामा पनि सहमति भएको छ ।