१४ मंसिर २०८१, शुक्रबार
नेपाल वायु सेवा निगमले आगामी भदौ १२ गतेदेखि काठमाडौंबाट ओशाका उडान गर्ने पक्का भएको छ ।
निगमले अगष्ट २९ तारिखदेखि सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान गर्न लागेको हो ।
राती २.३० बजे हुने उक्त उडानमा अहिलेसम्म करिब २० सीटजति बुकिङ भइसकेको नेपाल वायु सेवा निगमका सह प्रवक्ता नवराज कोइरालाले बताए । ‘यो उडान केही महिना अगाडी नै हुने थियो,’ उनले भने ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका कारण सेप्टेम्बर १ देखि उडान क्षमता घटाउँदा ढिला काठमाडौंबाट जापान उडान ढिला भएको हो ।’
अहिले स्तरोन्नतिले असर नगर्ने भएपछि हामीले उडानको नियमित तालिका बनाएका हौं,’ उनले थपे २७४ सिटे एयर बस ए–३३० ले नियमति उडान भर्न थाल्नेछ ।’ एयरबसको दुईतर्फी टिकटको भाडा भने ७३ हजार रुपैयाँ लाग्ने छ ।
निगमले सोमबारदेखि प्रवद्र्धनात्मक हिसावले मार्केटिङ गर्न थालेको छ । ‘एयर बसलाई सातामा दुई पटक चाटण्र्ड गर्ने भनेर पनि अवसर आइरहेको छ,’ उनले भने ‘हामीले एयर बसको राम्रो प्रतिक्रिया पाएका छौं ।’